अनमोलको फिल्म ‘कृ’ युट्युबमा (फिल्मसहित)



काममाडौं : अनमोल केसी र अदिति बुढाथोकी स्टारर फिल्म ‘कृ’ युट्युब रिलिज भएको छ। एक्सन जानरामा निर्माण भएको यो फिल्ममा सुरेन्द्र पौडेलको लेखन, सम्पादन र निर्देशन छ। फिल्ममा अनमोल केसी एक्सन अवतारमा प्रस्तुत भएका छन्। फिल्ममा बदलाको कथा छ।

सुवास इन्टरटेनमेन्ट र सुपर काजल्स फिल्मसको ब्यानरमा बनेको यो फिल्मले बक्स अफिसमा खासै सफलता हात पार्न सकेको थिएन। फिल्मको चर्चा भने राम्रै भएको थियो। चलचित्रमा अनमोल केसी, अनुपविक्रम शाही, अदिती बुढाथोकी, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ।

फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन्। हेरौँ फिल्म :-

प्रतिक्रिया दिनुहोस्