युट्युबमा आयो रमेश र दीपिकाको ‘ऐश्वर्या’ (फिल्मसहित)



काठमाडौं : दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘ऐश्वर्या’ युट्युबमा सार्वजनिक गरिएको छ। चलचित्रमा दीपिका प्रसाईं, रमेश उप्रेती र प्रशान्त ताम्राकारको शीर्ष भूमिका रहेको छ।

गतवर्ष हलमा रिलिज भएको यो फिल्मले समीक्षात्मक रुपमा राम्रै प्रतिक्रिया पाए पनि व्यावसायिक रुपमा भने खासै सफलता हात पार्न सकेन। लभस्टोरी तथा एक्सन जनरामा निर्माण भएको यो फिल्ममा रमेश उप्रेती र दीपिका प्रसाईंको जोडी देख्न सकिन्छ।

यस्तै चलचित्रमा अर्जुन श्रेष्ठ, केशव भट्टराई, सुनिता ठाकुर, विकास खतिवडा, केकी अधिकारी, अमित पोखरेल, निर्मल शर्मा लगायतका कलाकारले पनि अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्