देउसीभैलोको रकमबाट प्रतीक्षालय निर्माण



बागलुङ : तिहारमा खेलेको देउसीभैलोबाट सङ्कलित रकमले बागलुङ जिल्लाको बडीगाड गाउँपालिका–२ खर्वाङ बजारमा रु एक लाख १५ हजारमा प्रतीक्षालय निर्माण गरिएको छ । 

 

‘रिभर साइड गल्स’ समूह बडीगाड–२ खर्वाङले गत वर्ष र यस वर्ष खेलेको देउसीभैलो कार्यक्रमबाट सङ्कलन गरेको रकमले सो प्रतीक्षालय निर्माण गरिएको हो । समूहले गत वर्षको देउसीभैलोबाट सङ्कलित रु ५० हजार र ६५ हजार ऋणबाट सो प्रतीक्षालय बनाइएको हो । 

 

देउसीभैलोबाट सङ्कलन गरेको रु ६५ हजार रकमले प्रतीक्षालय निर्माण गर्दाको ऋण चुक्ता गरेको समूहका अध्यक्ष सुनिता कार्कीले बताइन् । “प्रतीक्षालय निर्माणपछि यात्रु तथा विद्यार्थीलाई निकै सहज भएको छ”, खर्वाङ बजार व्यवस्थापन समितिका अध्यक्ष टङ्क भुजेलले भने । देउसीभैलो खेल्ने विद्यालय उमेरका बालिका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्