दुनियाँको एकमात्र घडी, जसमा कहिल्यै १२ बज्दैन



एजेन्सी : १२ अंकलाई धेरैले अशुभ मान्दछन्। कसैलाई दशा लाग्दा वा आपत पर्दा मेरो त बाह्र बज्यो भन्छन् धेरै मान्छेहरु। बाह्र बजेको समय पनि धेरैले अशुभ काल ठान्छन् र कतै यात्रा गर्दा बाह्र बजेको समय छल्ने गर्दछन्। तर जति छले पनि एक दिन अर्थात् २४ घण्टामा २ पटक त बाह्र बजेरै छाड्छ घडीमा।

घडीमा बाह्र बज्नु प्राकृतिक नियम नै हो। तर यो दुनियाँमा एउटा यस्तो घडी छ जसमा कहिल्यै १२ बज्दैन। यो घडीमा किन बाह्र बज्दैन भन्ने कुरा थाहा पाउनुभयो भने तपाईं झनै अचम्ममा पर्नुहुनेछ।

हो, स्विजरल्याण्डको सोलोथर्न सहरस्ति टाउन स्क्वाएरमा एउटा घडी छ। उक्त घडीमा कहिल्यै पनि बाह्र बज्दैन किनकि घडीमा केवल ११ वटामात्र अंक छन्। घडीमा १२ अंक गायब छ। त्यहाँसँगै रहेका अरु घडीमा पनि बाह्र बज्दैन।

यो सहरको अर्को विशेषता भनेको यहाँका मानिसहरुमा ११ अंकप्रति विशेष लगाव छ। यहाँका जुनसुकै चिजको डिजाइन ११ अंकको आसपासमै घुम्ने गरेको छ। सहरमा चर्च तथा च्यापेलको संख्या पनि ११–११ रहेको छ। त्यसका अलावा संग्रहालय, ऐतिहासिक झरना तथा टावर पनि ११ नम्बरकै रहेका छन्।

सहरमा रहेको सेन्ट उर्सुस चर्चमा पनि ११ अंकको महत्व प्रष्टसँगै देख्न पाइन्छ। यो चर्च ११ वर्षमा निर्माण सम्पन्न भएको थियो। त्यहाँ ३ वटा सिँढीको सेट छ र हरेकमा ११ वा पंक्ति रहेका छन्। साथै चर्चमा ११ वटा ढोका र ११ वटा घण्टी रहेका छन्।

सहरबासीहरुमा ११ नम्बरसँग यतिधेरै लगाव छ कि बालबालिकाहरुको ११ औँ बर्थडे विशेष रुपमा मनाउँदछन्। त्यस अवसरमा दिइने उपहारहरु पनि ११ अंकसँग विशेष सम्बन्धित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्