बढी कामुक भएको भन्दै नायिकामाथि सरकारको प्रतिबन्ध !



एजेन्सी : सुन्दर देखिने चाहना सबैको हुन्छ। सुन्दर मानिसलाई धेरैले मन पनि पराउँछन्। तर कहिलेकाहीँ आवश्यकताभन्दा धेरै सुन्दर हुँदा पनि समस्या पर्दोरहेछ। हालै कम्बोडियामा एक सुन्दरीलाई यस्तै भएको छ।

अभिनेत्रीसमेत रहेकी २६ वर्षकी डेनी ननमाथि कम्बोडिया सरकारले एक वर्षसम्म कुनैपनि फिल्म खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ। डेनी आवश्यकता भन्दा धेरै सुन्दर रहेकोले यस्तो प्रतिबन्ध लगाइएको बताइएको छ। डेनीका कामुक तस्वीरहरुले आचारसंहिताको उल्लंघन गरिरहेको कम्बोडियाको कला तथा संस्कृति मन्त्रालयले ठहर गरेको छ।

वास्तवमा सरकारले उनीमाथि यस्तो कठोर कदम चाल्नुको कारण डेनीको एउटा फेसबुक पेज हो। उक्त फेसबुक पेजमा उनका ३ लाख फलोअर्स छन्। जहाँ उनले आफ्ना निकै कामुक तस्वीरहरु पोष्ट गर्दै आएकी थिइन्।

तर उनी भने आफूले प्रतिबन्धित हुनुपर्ने कुनै काम नगरेको भन्दै प्राकृतिक रुपमै सुन्दर रहेको बताएकी छिन्। आफू सुन्दर रहेको र कुरुप बन्नका लागि केही पनि गर्न नसक्ने उनको भनाइ छ। तर अबदेखि कुनै पनि सेक्सी फोटो फेसबुकमा शेयर नगर्ने उनले बताएकी छिन्।

 

प्रतिक्रिया दिनुहोस्