नागढुंगाबाट पेस्तोलसहित युवक पक्राउ



धादिङ : नौबिसे धार्केदेखि काठमाडौं कालीमाटीसम्म चल्ने बा २ ख १९८० नम्बरको बस जाँच गर्ने क्रममा पेस्तोलसहित एक युवकलाई पक्राउ गरिएको छ ।

ललितपुर बस्ने मुनाल लामा भनिने सुलभ लामालाई २ लोडेड पेस्तोल र २० गोलीसहित पक्राउ गरिएको नागढुंगा प्रहरी प्रभागका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताएका छन् । लामाको साथबाट ५ थान मोबाइल फोन पनि बरामद गरिएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले बताए । कान्तिपुर दैनिकबाट साभार 

प्रतिक्रिया दिनुहोस्