पानी छोएको निहुँमा दलित महिलामाथि हसिँया प्रहार



काठमाडौं : पानी छोएको निहुँमा तल्लो जात भन्दै छिमेकीलाई कुटपिट गरी फरार भएकी दैलेखका नारायण नगरपालिका १० की राजुकमारी न्यौपानेलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ । गत वैशाख ११ गते धारामा पानी छोएको भन्दै लछिमा कामीलाई न्यौपानेले कुटपिट र हसिँयाले हानेकी थिइन् ।

हसिँया प्रहारबाट कामीको टाउकोमा गम्भीर चोट लागेको थियो । 

घटनाको करिब ४ महिनापछि लुकेर आफन्तको घरमा बसेको अवस्थामा शुक्रबार राति सुर्खेतबाट प्रहरीले पक्राउ गरेको हो । पीडित कामीले न्यौपानेविरुद्ध जातीय विभेदको मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ । नयाँपत्रिका दैनिकबाट साभार

प्रतिक्रिया दिनुहोस्