वामदेव गौतमलाई ओलीले सुटुक्क भने, ‘तपाई कास्की २ बाट चुनाव लड्नुस्’



काठमाडौं : नेकपाका अध्यक्ष  केपी शर्मा ओलीले वामदेव गौतमलाई तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त कास्की २ को उपनिर्वाचनमा उम्मेदवार बन्न आग्रह गरेका छन्। शुक्रबारको सचिवालय बैठकमा ओलीले सो आग्रह गरेको एक नेताले बताए । ओलीको प्रस्तावमा गौतम भने मौन बसेका थिए । 

निर्वाचनमा अन्तर्घातका कारण चुनाव हारेको निष्कर्षमा पुगेका गौतम पछिल्लोपटक काठमाडौंमा उपनिर्वाचन लडेर संसद्मा आउने चाहनामा थिए । तर, अध्यक्ष ओलीकै कारण पूरा हुन नसकेको निचोडमा पुगेका थिए । संसद्मा आउन नपाए पनि शक्तिशाली विकास प्राधिकरणमा उपप्रधानमन्त्रीसरहको भूमिका पाउने अपेक्षा उनले गरेका थिए । तर, त्यो योजना पूरा नहुने देखिएपछि उनी ओलीसँग टाढिएका थिए ।

उच्च स्रोतका अनुसार कास्कीमा उम्मेदवार बनाएर अध्यक्ष ओलीले गौतम भावी प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवारसमेत हुन् भन्ने सन्देश दिन खोजेका छन् 

गत पुसको दोस्रो साता सम्पन्न स्थायी समिति बैठकमा ‘एक व्यक्ति : एक जिम्मेवारी’ लागू गर्नुपर्ने भन्दै पूरक राजनीतिक दस्ताबेज प्रस्तुत गरेर ओलीसँग करिब–करिब सम्बन्ध–विच्छेद गर्ने बिन्दुमा पुगेका थिए । तर, एक–डेढ महिनायता भने ओली र गौतम पुनः नजिकिन थालेका थिए । 

अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालसँग प्रगाढ सम्बन्ध बनाउँदै गएका गौतमलाई ओलीले फकाउन थालेका थिए । एक महिनायता बालुवाटारमा गौतमको जन्मदिन मनाउनेदेखि दुई नेताबीच पटक–पटक डिनर र लन्च बैठकसमेत भएको थियो । त्यसैले ३२ मध्ये सबैभन्दा शक्तिशाली संगठन विभाग प्रमुखसँगै उपाध्यक्ष पदमा ओलीले नै गौतमलाई प्रस्ताव गरे । उच्च स्रोतका अनुसार कास्कीमा उम्मेदवार बनाएर अध्यक्ष ओलीले गौतम भावी प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवारसमेत हुन् भन्ने सन्देश दिन खोजेका छन् । नयाँ पत्रिका दैनिकबाट साभार

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

बाँके : नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ । सुर्खेतरोडमा शिक्षण अस्पताल

काठमाडौं : राष्ट्रिय बीमा संस्थानले जीवन बीमा सेवा र यसको सम्पूर्ण जानकारी अब मोबाइलबाटै उपलब्ध

चितवन : चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ । आज दिनभर जिल्ला

काठमाडौं : नजिकिँदै गरेको दशैँ, तिहार र छठजस्ता मुख्य चाडपर्वका बेला भारतबाट रोजगारी गरेर फर्किने

काठमाडौं : सरकारले पर्यटन क्षेत्रमा पर्याप्त जनशक्ति उत्पादनका लागि ‘पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिस्ठान’ स्थापना

चितवन : भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरूङको ५८ वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौं : राजनीतिक विवादका कारण रोकिएको मध्यपुरथिमि नगरपालिकाको तेस्रो नगरसभाले अन्ततः राजनीतिक सहमति जुटाउँदै बजेट,

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली जनताको आवश्यकता र

अमेरिका : अमेरिकामा चिनियाँ भाषा बोल्ने चार पर्यटकको मृत्यु भएको छ । अमेरिकाको ब्रायस कन्योन

अमेरिका : सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ । सन् २०१८ मार्चको

एजेन्सी : पछिल्लो समय अमेरिकाले इरान, त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी, दर्जनौँ उच्च पदस्थ

काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार प्रणालीबाट गरिनुपर्ने