‘मापदण्डविपरीत बनेका कुनै पनि संरचनालाई वैधानिकता दिँदैनाैं’



पोखरा : पाेखरा महानगरपलिकाका मेयर मानबहादुर जिसीले मापदण्डविपरीत बनेका कुनै पनि संरचनालाई वैधानिकता नदिइने बताएका छन्। यस्ता संरचना नबनाउन धेरै पटक आग्रह गरेको भन्दै कतिपय अवस्थामा भत्काउने र सामानसमेत जफत गरिएको उनले बताए ।

सचेत गराउँदा पनि मापदण्डविपरीत बनाउनेलाई कुनै हालतमा वैधानिकता नदिने उनले चेतावनी दिए । ‘हामीले वडालाई भनेका छौँ, सामान जफत पनि गरेका छौँ, तैपनि बनाउने क्रम रोकिएन भने वैधानिकता दिँदैनाैं, कानुन मिच्नेलाई कानुनी दायरामा ल्याएरै छाड्छौँ,’ उनले भने । वडाहरूलाई समेत यसमा निगरानी गर्न उनले निर्देशन दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्