राजपुरवासीको गुनासो : प्रचण्ड बिर्सिए आश्रयस्थल



राजपुर (दाङ) : राजपुरको वेतनिया गाउँ तत्कालिन माओवादीका शीर्ष नेताहरुको लागि युद्धकालमा सुरक्षित आश्रयस्थल थियो। जहाँ उनीहरु महिनौं बस्थे, गाउँलेहरु उनीहरुको संरक्षणमा जुट्थे। अर्काे स्थान र भारतसम्म सकुसल स्थानान्तरण गर्थे। नेकपा माओवादी केन्द्रले सशस्त्र युद्ध गरेको १० वर्षसम्म धेरैपटक राजपुरले युद्धका नायक पुष्पकलम दाहाल (प्रचण्ड) लगायतका नेतालाई आश्रय मात्रै होइन, संरक्षण पनि दिएको थियो।

प्रचण्ड लगायतका नेताहरुले आश्रय लिँदै गर्दा आफ्नो सत्ता प्राप्तीपछि जनताका दिन फेरिने र दुर्घम बेतनिया सुगममा परिणत गरिदिने आश्वासनसमेत दिएका थिए। गाउँलेमा पनि शान्तिपछि आफ्नो दैनिक फेरिने आशा थियो। तर सरकारमा धेरैपटक नेतृत्व गरेका शीर्ष नेताहरु एकपटक पनि यहाँ फर्केका छैनन्। न त उनीहरुले भनेजस्तै गाउँको मुहार नै फेरिएको छ।

द्वन्द्वका बेला आफूले राज्यको अनेक पीडा सहेर संरक्षण गरेका व्यक्ति अहिले एकपटक पनि गाउँ नफर्किनुले त्यतिबेला लगाएको गुन नेताले बिर्सेको राजपुरका स्थानीयले महशुस गरेका छन्। सशस्त्र द्वन्द्वकोे समयमा तत्कालिन नेकपा माओवादीका अध्यक्ष पूर्वप्रधानमन्त्री अहिलेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पुर्वप्रधानमन्त्री बावुराम भट्राई अनि वर्तमान सभामुख कृष्णबहादुर महरा लगायतका नेताको सुरक्षित स्थान बेतिनिया नै थियो।

उनीहरुको संरक्षणका लागि गाउँलेले नेपाल प्रहरी, सेनालाई गाउँ पस्नसमेत दिएनन्। बरु अनेक धम्की र कुटाइ आफैले आए। ज्यानको बाजी थापेर जोगाएका नेताले आफ्ना वचन बिर्सेको भन्दै गाउँलेले गुनासो गरेका छन्। पूरै गाउँलाई जोखिममा पारेर संरक्षण गरेका नेताहरुले एकपटक पनि पुरानो स्थलको अवस्था नबुझेको ६२ वर्षीय रामशरण घर्तीले बताए।

‘आफ्नो छाक कटाएर उनीहरुलाई खान दियौं। ताकि भोली हाम्रो भविष्य उज्वल बनोस भनेर’ उनले भने, ‘अहिले उनीहरु करोडौंका गाडीमा सयर गर्दै देशमा राज गरिरहेका छन्। तर हामीलाई भने सिटामोल किन्न पनि ५ घण्टा हिड्नसपर्छ। गाउँमा स्कुल पनि छैन। न त सडक नै। बालबच्चालाई स्कुल पठाउँन ५ घण्टा जंगल र खोलाको बाटो हिँडाउनुपर्छ।’ राजपुरको बेतनिया त्यतिबेलाको र अहिलेमा केही फरक छैन। फेरियो मात्रै शासन र सत्ता। उस्तै छ वस्ती जहाँ टुंकी मुनि नेताले देखाइएका सपना।

गाउँलेले अहिले पनि झिनो आशा राखेका छन्। गाउँमा विद्युतीकरण, सडक सञ्जाल र गाउँमै गुणस्तरीय उच्च शिक्षाको व्यवस्था। एक चक्की सिटामोलका लागि गाउँले तड्पीएका छन्। ‘हामीले सहर बनाइदेउ भनेका पनि होइनौं’ अर्का स्थानीय तुलसी बुढाले भने, ‘टुकिमुनिको अँध्यारोबाट मुक्त बनाउन्। हाम्रा बालबच्चालाई गाउँमै उच्च शिक्षा अध्ययन गर्न पाउन् र बिरामी पर्दा डोकोमा जंगलको बाटो होइन, गाउँमै ज्यान जोगाउने स्वास्थ्यचौकीको व्यवस्था होस्।’

त्यही आश्रय लिएर आफ्नो युद्ध सफल बनाएका प्रचण्ड र बावुराम प्रधानमन्त्री बने। कृष्णबहादुर महरा अहिले सभामुख छन्। नेकपामा नेता मात्रै होइन, कांग्रेस नेता स्वर्गिय खुमबहादुर खड्काले पनि वेतनियाको विकासका लागि कुनै काम नगरेको स्थानीय बताउँछन्। आफ्नै जिल्लाका नेता गृहमन्त्री बन्दासमेत गाउँको विकासमा ध्यान नदिएको स्थानीय सुशीला पुनले बताइन्।

दाङ सुगम जिल्ला भए पनि राजपुर भने कुनै कर्णालीको दुर्गम क्षेत्रभन्दा कम छैन। न यहाँ विद्युत् न त सडक नै। अहिले पनि न्यूनतम पूर्वाधार निर्माणको पर्खाइमा स्थानीय छन्। भोटबैंकका रुपमा रहेका यहाँका जनताको दैनिक सुधार्न जनप्रतिनिधिले पनि कुनै चासो नदिएको गुनासो गर्छन्। अन्नपूर्ण पोष्ट दैनिकबाट साभार

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

बाँके : नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ । सुर्खेतरोडमा शिक्षण अस्पताल

काठमाडौं : राष्ट्रिय बीमा संस्थानले जीवन बीमा सेवा र यसको सम्पूर्ण जानकारी अब मोबाइलबाटै उपलब्ध

चितवन : चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ । आज दिनभर जिल्ला

काठमाडौं : नजिकिँदै गरेको दशैँ, तिहार र छठजस्ता मुख्य चाडपर्वका बेला भारतबाट रोजगारी गरेर फर्किने

काठमाडौं : सरकारले पर्यटन क्षेत्रमा पर्याप्त जनशक्ति उत्पादनका लागि ‘पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिस्ठान’ स्थापना

चितवन : भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरूङको ५८ वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौं : राजनीतिक विवादका कारण रोकिएको मध्यपुरथिमि नगरपालिकाको तेस्रो नगरसभाले अन्ततः राजनीतिक सहमति जुटाउँदै बजेट,

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली जनताको आवश्यकता र

अमेरिका : अमेरिकामा चिनियाँ भाषा बोल्ने चार पर्यटकको मृत्यु भएको छ । अमेरिकाको ब्रायस कन्योन

अमेरिका : सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ । सन् २०१८ मार्चको

एजेन्सी : पछिल्लो समय अमेरिकाले इरान, त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी, दर्जनौँ उच्च पदस्थ

काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार प्रणालीबाट गरिनुपर्ने