प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने 



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) संसदमा सम्बोधन गर्दैछन् । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री ओलीले समसामयीक विषयमा बोल्नुका साथै सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने प्रेस संयोजक अधिकारीले बताए । त्यस्तै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे समेत जानकारी गराउने बताइएको छ । 

गत साउन १८ गते उचारका लागि सिंगापुर गएका प्रधानमन्त्री साउन २५ गते स्वदेश फर्किएका थिए । 

यसैगरी सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले पनि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने भनेर संसद सचिवालयमा जानकारी आएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्