सांसद रामेश्वर राय यादव श्रम तथा रोजगार विभागको उपप्रमुख



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकताको १४ महिनापछि विभागको नेतृत्व गत शुक्रबार टुंग्याएको छ । नेकपाले ३२ केन्द्रीय विभागको नेतृत्व टुंग्याएको हो । 

गत शुक्रबार बसेको सचिवालय बैठकले तत्कालीन एमाले पक्षका ईश्वर पोखरेललाई स्कुल विभागको जिम्मेवारी दिइएको छ भने तत्कालिन माओवादी पक्षका नारायणकाजी श्रेष्ठलाई प्रचार विभाग दिइएको थियो । 

यसैगरी बैठकले सर्लाही निवाचने क्षेत्र नं. ३ बाट निर्वाचित संघीय सांसद रामेश्वर राय यादवलाई श्रम तथा रोजगार विभागको उपप्रमुखको जिम्मेवारी दिइएको छ भने प्रमुखमा गोकर्ण विष्ट रहेका छन् । 

अर्थ तथा योजना विभागको प्रमुखमा सुरेन्द्र पाण्डे र उपप्रमुखमा डोरप्रसाद उपाध्यायलाई जिम्मेवारी दिइएको छ । त्यस्तै उद्योग तथा वाणिज्य विभागको प्रमुखमा राधा ज्ञवालीलाई दिइएको छ भने उपप्रमुमको जिम्मेवारी वामदेव क्षेत्रीलाई दिइएको छ । 

उपभोक्ता हित तथा आपूर्तिको प्रमुखमा मातृका यादव र उपप्रमुखमा बलराम बाँस्कोटा, कृषि तथा भूमिसुधार विभागको प्रमुखमा चक्रपाणि खनाल र उप्रमुखमा हरि पराजुली रहेका छन् । 

त्यस्तै कोष तथा आर्थिक व्यवस्थापन विभागको प्रमुखमा हरिबोल गजुरेल र उपप्रमुखमा कृष्णगोपाल श्रेष्ठ, खानेपानी तथा सरसफाइ विभाग प्रमुखमा बिना मगर र उपप्रमुखमा ममता गिरी, जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग प्रमुखमा वर्षमान पुन र उपप्रमुखमा परशु मेघी गुरुङ, निर्वाचन विभाग प्रमुखमा प्रदीप ज्ञवाली र उपप्रमुखमा खिमलाल देवकोटा, न्याय कानुन प्रमुखमा रघुजी पन्त र उपप्रमुखमा मुक्तिनारायण प्रधान, पर्यटन प्रवर्द्धन प्रमुखमा योगेश भट्टराई र उपप्रमुखमा पासाङ शेर्पा लाई जिम्मेवारी दिइएको छ । 

यसैगरी प्रचार प्रमुखमा नारायणकाजी श्रेष्ठ उपप्रमुखमा सूर्यबहादुर थापा, प्रादेशिक मामिला प्रमुखमा घनश्याम भुसाल र उपप्रमुखमा परशुराम तामाङ, स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेल र उपप्रमुखमा  देवेन्द्र पौडेल, पुस्तकालय तथा अभिलेख प्रमुखमा नारायणप्रसाद शर्मा र उपप्रमुमा ज्ञानबहादुर भुजेल, भौतिक पूर्वाधार प्रमुखमा रघुवीर महासेठ र उपप्रमुखमा हरि अधिकारी, युवा तथा खेलकुद प्रमुखमा  टोपबहादुर रायमाझी उपप्रमुखमा ठाकुर गैरे, राजकीय मामिला प्रमुखमा रामबहादुर थापा र उपप्रमुखमा गुरु बराल, वन तथा वातावरण प्रमुखमा शक्ति बस्नेत र उपप्रमुखमा चूडामणि जंगलीलाई जिम्मेवारी दिइएको छ । 

विज्ञान तथा प्रविधि प्रमुखमा गणेश साह र उपप्रमुखमा अरुण नेपाल, विदेश मामिला प्रमुखमा माधवकुमार नेपाल र उपप्रमुखमा राम कार्की, शिक्षा तथा मानव स्रोत प्रमुखमा गिरिराजमणि पोखरेल र उपप्रमुखमा विजय पौडेल, संगठन प्रमुखमा वामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मा, संसदीय विभाग प्रमुखमा सुवास नेम्बाङ र उपप्रमुखमा देवप्रसाद गुरुङ, समाज कल्याण प्रमुखमा केशवलाल श्रेष्ठ र उपप्रमुखमा गोपाल ठाकुर, सहकारी तथा गरिबी निवारण प्रमुखमा विष्णु रिमाल र उपप्रमुखमा धर्मदत्त देवकोटा, सहरी विकास प्रमुखमा लेखराज भट्ट र उपप्रमुखमा जगन्नाथ खतिवडालाई जिम्मेवारी दिइएको छ । 

सामान्य प्रशासन प्रमुखमा लालबाबु पण्डित र उपप्रमुखमा रेखा शर्मा, साहित्य कलामा मणि थापा, स्थानीय तह प्रमुखमा युवराज ज्ञवाली र उपप्रमुखमा उर्मिला अर्याल, स्वास्थ्य तथा जनसंख्या प्रमुखमा राजेन्द्र पाण्डे, उपप्रमुखमा अञ्जना विशंखे, नीति अनुसन्धान प्रतिष्ठान प्रमुखमा झलनाथ खनाल र उपप्रमुखमा रामचन्द्र झा जिम्मेवारी दिइएको छ । 

प्रतिक्रिया दिनुहोस्