पिकनिक जाँदै गरेकाे बस दुर्घटना : १२ जना घाइते दुईकाे अवस्थामा गम्भीर 



धनगढी : टीकापुरबाट पिकनिकका लागि खानीडाँडातर्फ गएको बस दुर्घटना भएको छ । ना५ख ३३० नम्बरको बस कैलालीको गौरीगंगा नगरपालिकाको चैमालामा दिउँसो साढे १२ बजेतिर पल्टिएको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । 

गम्भीर घाइते २ जनालाई बडीमालिका पोलिक्लिनक राजीपुरमा सामान्य उपचार गरी थप उपचारका लागि अत्तरियास्थित पद्मा अस्पलालमा रेफर गरिएको छ । अन्य घाइतेको राजीपुरमै उपचार भइरहेको छ । ६० जना सवार उक्त बसका अन्य भने सकुशल छन् । तीव्र गतिमा रहेको बसको टायर पन्चर भएको र दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्