उपेन्द्र यादवले फेरी दिए सरकार छाड्ने चेतावनी



जनकपुरधाम : समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले फेरी सरकार छाड्ने चेतवानी दिएका छन् ।

पार्टीको जिल्ला समिति समायोजन घोषणा कार्यक्रममा सहभागी हुन शनिबार गोरखा पुगेका यादवले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएर सरकार छाड्ने चेतावनी दिएका हुन् । 

यसभन्दा अघि पनि पटक–पटक सरकार छाड्ने चेतावनी दिँदै आएका यादवले सम्झौता कार्यान्वयनमा केपी शर्मा ओली नेतृत्को नेकपा सरकारले चासो नदिएको आरोप लगाए । 

‘संविधान संशोधनको शर्तमा दुई तिहाइ पुर्याइदिन ओली सरकारलाई समर्थन गरेका थियौ । तर, सम्झौता भएको लामो समय बितिसक्दा पनि सरकार शर्त पूरा गर्न तर्फ अग्रसर भएको देखिदैन’ अध्यक्ष यादवले भने, ‘निर्वाचन प्रणाली शासकिय स्वरुप लगायतका विषय संशोधन गर्नुपर्ने माग आफूहरुको छ ।’

साथै वर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी अध्यक्ष यादवको छ । 

प्रतिक्रिया दिनुहोस्