प्रहरी जवानको शङ्कास्पद मृत्यु, ३० वर्षीया प्रेमीका प्रहरीको नियन्त्रणमा 



काठमाडौँ : महानगरीय प्रहरी वृत्त, स्वयम्भूमा कार्यरत प्रहरी जवान शङ्कर ठगुन्ना मृत अवस्थामा भेटिएका छन् । नागार्जुन नगरपालिका–३, ठूलो भर्याङमा ३० वर्षीया महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका उनी गएराति मृत भेटिएका हुन् ।

प्रहरीले महिलालाई सोधपुछका लागि नियन्त्रणमा लिएको स्वयम्भूका प्रहरी नायव उपरीक्षक (डिएसपी) लालध्वज सुवेदीले बताए ।

मध्यरात १ः२० बजे उनै महिलाले प्रहरीलाई ठगुन्ना झुण्डिएको अवस्थामा भेटिएको भन्दै खबर गरेकी थिइन् । अनुसन्धान अधिकृत घटनास्थलमा पुग्दा, ठगुन्नाको शव भुइँमा लडिरहेको थियो । जवान ठगुन्ना २० वर्षका हुन् भने महिला ३० वर्षीया विवाहित हुन् । उनको श्रीमानको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्