विवाह समारोहमा बम विस्फोट : ६३ जनाको मृत्यु



काबुल : अफगानिस्तानको राजधानी काबुलमा एउटा विवाह समारोहमा आत्मघाती बम विस्फोट हुँदा ६३ जनाको मृत्यु भएको छ। शिया मुस्लिमहरूको बाहुल्य रहेको उक्त क्षेत्रमा गराइएको विस्फोटमा परी १ सय ८० जना घाइते भएका छन्।

पछिल्लो घटनाले अफगानिस्तानमा जारी शान्ति वार्ताको भविष्यमाथि नैं प्रश्न खडा गरेको अन्तर्राष्ट्रिय संचार माध्यामहरुले जनाएका छन्। स्थानीय समयअनुसार राती  २२ : ४० बजे सहरको पश्चिम भागमा रहेको शिया मुस्लिम बहुल क्षेत्रमा उक्त विस्फोट भएको थियो।

अहिलेसम्म कुनै समूहले पनि आक्रमणको जिम्मेवारी लिएको छैन।

प्रतिक्रिया दिनुहोस्