पत्रकार शालिकराम आत्महत्या प्रकरण : रविका समर्थकलाई करिश्मा मानन्धरले भनिन् ‘भेडा’ !



काठमाडौं : नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिक करिश्मा मानन्धरले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणलाई लिएर मुख खोलेकी छिन् । 

पुडासैनीले आत्महत्या गर्नुअघि खिचिएको भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक प्रश्न उठिरहेको बेला नायिक मानन्धरले फेसबुकमार्फ रविका समर्थकहरुलाई भेडाको संज्ञा दिएकी छिन् । 

उनले पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा पनि रविलाई छुटाउन दबाव दिन खोज्नु गलत भएको दाबी गर्दै रवि समर्थकहरुलाई भेडाको संज्ञा दिएकी हुन् । उनको यो स्टाटसलाई लिएर सामाजिक सञ्जालमा चर्को विरोध हुन सुरु भएको छ । 

‘राज्यले गर्नुपर्ने कामकाज निजितवरबाट हुनु खतरनाक हुन्छ ! नत्र किन चाहियो संसद, संविधान, राज्य समयन्त्र ? यत्रो तिरो तिरी रहेको छौं । तपाईहरुले नैतिकता नगुमाएको भए यो समस्या आउने थिएन ।’ उनले स्टाटसमा लेखेकी छिन्, ‘अब गंगामा हात धुने आँट गरे । पहिल्यै भनेको थिए यसतो स्वतन्त्रताले अराजकता निम्त्याछउँछ । सानो देशको व्यवस्था र सम्बन्धित निकायलाई नियन्त्रणमा राख्न नसक्ने कस्तो सरकार ? अब भाग्नुस् ! भेडाहरुको कोलाहाल ! सत्य तितो हुन्छ ।’

यता प्रहरीले साउन ३० गते शालिकरामलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा पत्रकार रवि लामिछाने, युवराज कंडेल र अस्मिला कार्कीलाई पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जनालाई ५ दिन हिसातमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिइसकेको छ । 

उता चितवनवासीले रविलाई तुरुन्त रिहा गरिनुपर्ने माग राख्दै तीन दिनदेखि विरोध प्रदर्शन गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्