कांग्रेस नेता रिजालको प्रधानमन्त्रीलाई प्रश्न : जनतासँग गरेको कार्यसम्पादन करार खै ?



काठमाडौं: नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले सरकार फेल भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै आगामी निर्वाचनपछि कांग्रेसको सरकार बन्ने दावि गरे ।

उनले  भने,’यसपल्ट सम्म त यहि सरकार हो भन्दा तरंग चाहि सत्तामा गयो गएन मलाई थाह भएन, शुभकामना छ सत्ता पक्षमा केहि तरंग नगएको होस् ।’संसदमा प्रधानमन्त्रीले आर्थिक विषयमा हल्का टिप्पणी गरेको भन्दै पुँजीगत खर्च अघिल्लो बर्ष भन्दा ३५ अर्ब कम खर्च भएको बताउदै कार्यसम्पादन गरेका अर्थमन्त्रीको लागेको बताए ।

नेता रिजालले प्रधानमन्त्रीलाई प्रश्न गर्दै जनतासँग गरेको कार्यसम्पादन करार खै ? भन्दै जनतासँग निर्वाचनका बेला गरेको करार पुरा नभएको बताए । प्रधानमन्त्री परीक्षामा असफल भएको बताउदै आउने दिन सफल होस् भन्ने कामना व्यक्त गरेका थिए ।      

 

प्रतिक्रिया दिनुहोस्