कार्यकर्ता पक्राउकाे विराेधमा नेविसंघ महाेत्तरीद्वारा प्रधानमन्त्रीकाे पुत्ला दहन



महाेत्तरी : नेविसंघ महोत्तरीले जलेश्वरमा आज बिहान आफ्ना नेतालाई प्रहरीले समातेको विरोधमा प्रदर्शन गरेको छ । जलेश्वरको महेन्द्र चोकमा गरिएको प्रदर्शनमा नेविसंघले प्रधानमन्त्री ओलीको पुत्लासमेत दहन गरेको छ ।

कुकुर तिहारको दिन कुकुरको शरीरमा प्रधानमन्त्रीको टाउको जोडिएको तस्बिर फेसबुकमा सेयर गरेको भन्दै काभ्रे प्रहरीले मण्डनदेउपुर नगरपालिका–५ तपेश्वर माविका नेविसंघ अध्यक्ष  १६ वर्षीय कृष्ण ढकाललाई प्रक्राउ गरी थुनेको थियो ।

कुकुर तिहारका दिन कुकुरको शरीरमा प्रधानमन्त्री केपी ओलीको टाउको जोडिएको तस्बिर फेसबुकमा सेयर गरेको भन्दै काभ्रे प्रहरीले मण्डनदेउपुर नगरपालिका ५ तपेश्वर माविका नेविसंघका अध्यक्ष कृष्ण ढकाललाई पक्राउ गरेको थियो । 

पक्राउ परेका आफ्ना नेतालाई अहिलेसम्म हिरासतमै राखेकाले आन्दोलन गर्नुपरेको नेविसंघ महोत्तरीले बताएको छ । देशभरिका सबै जिल्लामा केन्द्रीय निर्देशनअनुसार नै कार्यक्रम गरेको नेविसंघ महोत्तरीका सचिव आशुतोष नवीनले जानकारी दिए । 

नेपालमा संघीय लोकतान्त्रिक गण्तन्त्र आइसके पनि वर्तमान सरकारले राणा शैलीमा शासन चलाउन खोजेको उनले आरोप लगाए । पुत्लादहनमा बौल्दै नवीनले निर्मला हत्याकाण्डको सय दिनभन्दा बढी भइसक्दा पनि सरकारले अपराधीलाई पक्रन नसकेको र निर्दोष जनतालाई दुःख दिने काम मात्र गरिरहेको आरोप लगाए ।

नेविसंघले भोलि देशैभर मुख्य राजमार्गमा दुईघण्टे चक्काजामसमेत गर्ने बताएको छ । 

प्रतिक्रिया दिनुहोस्