रवि लामिछानेको विषयमा बाेलेपछि अभिनेत्री करिश्मा विवादित



काठमाडाैं : पत्रकार रवि लामिछानेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेपछि अभिनेत्री करिश्मा मानन्धर समर्थकको तारो बनेकी छन्। करिश्माले रवि लामिछानेको नाम नलिई एक स्टाटस लेखेकी थिइन्। जसमा उनले भनेकी छिन्, ‘राज्यले गर्नुपर्ने कामकाज निजी तबरबाट हुनु खतरनाक हुन्छ, नत्र किन चाहियो संसद, संविधान र राज्य संयन्त्र ?’

उनले फेसबूकमा ‘भेडाहरुको कोलाहल’ भनेर रवि लामिछानेका समर्थकलाई इंगित गरेपछि समर्थकले उनको विरोध गरेका हुन्। विवादमा तानिएपछि उनले पुनः अर्को स्टाटस लेख्दै आफूले जनतालाई भेडा नभनेको बताएकी छन्।

‘अस्ति लेखेको लेखमा जुन शब्द प्रयोग गरेको थिएँ, त्यसमा जनतालाई भेडा भनेको होइन, भेडो सोझो हुन्छ खराब होइन, त्यो भेडोपनलाई इंकित गरेकी हुँ,’ उनले लेखेकी छिन्, ‘कतिपय अवस्थामा हाम्रो अग्रिम या छिटो प्रतिक्रियाले परिस्थिति असहज बनाउँछ, कतिपय कुरामा राज्यको काम कारबाही असहज हुन्छ, हामी एउटा कानूनी राज्यमा बस्छौँ, कि त यो देशको कानून नमान्न पर्याे कि, राज्यलाई सहयोग पुर्याउन पर्याे।’ उनले यदि कसैले आफूलाई भेडा भनेको भन्ने लागेको भए माफी गरिदिन पनि आग्रह गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्