शालिकराम पुडासैनी प्रकरण : सम्झनाले दिइन् रविविरुद्ध किटानी



काठमाडौं : पत्रकार शालिकराम पुडासैनी प्रकरणमा छानविन गर्न पुडासैनीकी पत्नी सम्झनाले रवि लामिछाने विरुद्ध किटानी जाहेरी दिएकी छन् । उनले आइतबार प्रहरी कार्यालयमा पुगेर किटानी जाहेरी दिएकी हुन् ।

पुडासैनीका परिवारले महानगरीय प्रहरी परिसर काठमाडौंमा लामिछानेसहित सोही प्रकरणमा पक्राउ परेका युवराज कँडेल र स्टाफ नर्स ओखलढुंगाकी अस्मिता कार्की्विरुद्ध किटानी जाहेरी दिएका हुन् ।

किटानी जाहेरीमा उनले आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले हत्याको बाटो रोज्न बाध्य पारेकाले उनीहरुमाथि मुलुकी अपराध संहिताको दुरुत्साहनअन्तर्गत कारबाही गर्न माग गरेकी छन् । पुडासैनीको १३ दिनको काजक्रिया शनिवार सकिएपछि उनी आइतवार उजुरी दिनप्रहरी कार्यालय पुगेकी हुन् । 

 

प्रतिक्रिया दिनुहोस्