डिबालाको गोलमा युभेन्टस विजयी



काठमाडौं : इटालियन क्लब युभेन्टसले प्रि–सिजनअन्तर्गतको अन्तिम खेलमा कठिन जित निकालेको छ। शनिबार राति भएको खेलमा युभेन्टसले ट्रिएस्टिना क्याल्सियोविरुद्ध १–० गोलको कठिन जित निकालेको हो।

युभेन्टसको जितमा खेलको ३८औं मिनेटमा पाउलो डिबालाले निर्णायक गोल गरे। अब युभेन्टस घरेलु लिग सिरी ‘ए’ खेल्नतर्फ लाग्नेछ। युभेन्टसले अगस्ट २४ बाट सिरी ‘ए’ को सुरुवात गर्नेछ। उसले पर्माविरुद्ध खेल्दै सिरी ‘ए’ सुरु गर्नेछ।

प्रतिक्रिया दिनुहोस्