अनेरास्ववियुकाे पहलमा पवित्राकाे घरमा शाैचालय बन्याे



सर्लाही : घरमा शौचालय नहुँदा स्कुल जान नपाएकी सर्लाही ईश्वरपुर मियाँखोरकी पवित्राको घरमा शौचालय बनेको छ । अनेरास्ववियु सर्लाहीले शौचालय निर्माण गरिदिएको हाे ।

 

घरमा शौचालय नहुँदा जन्मदर्ता नबनेको र जन्मदर्ता नभएपछि पवित्रा स्कुल जानबाट वञ्चित भएको खबर दुई साताअघि विभिन्न पत्रपत्रिकामा छापिएको थियो । 

अनेरास्ववियु केन्द्रीय सदस्य तथा लालबन्दी नगरपालिका ६ का वडाध्यक्ष उज्जवल कार्कीको अग्रसरतामा शौचालय बनेको हो ।

 

अनेरास्ववियु रापस केन्द्रीय सदस्य सरोजबाबु न्यौपाने, जनज्योति बहुमुखी क्याम्पसका स्ववियु सभापति शिवहरि गौतम, उपसभापति विवेक विश्वकर्मा, सचिव गान्दिप बराललगायतले शौचालय निर्माणमा सहयोग गरेका थिए । 

त्यस्तै राजेश मैनाली, श्याम कटुवाल, विशाल कटुवाल, हीरा थापाले श्रमदान गरेका थिए । पूर्वएमालेका अध्यक्ष रेवती पन्त, ईश्वर नगरपालिकाका मेयर मनोज देवकोटा, लालबन्दी नगरउप्रमुख शान्ति लामा नेकपा पुराना नेता ध्रुव ढकाललगायतले युवाको उक्त कार्यमा सहयोग गरेका थिए । 

प्रेमकुमार अधिकारी, सुरेन्द्र कार्की, नवराज मिश्र, धीरजकुमार देवकोटा, ज्ञानु हेन्जन, श्याम खड्का सन्तोष आचार्य, नरेश सहनी, कल्याण जोशीलगायतले नगद तथा शौचालय निर्माणका लागि सामग्री सहयोग गरेका थिए ।

 

शौचालय निर्माणपछि हस्तान्तरण गर्दै ईश्वरपुर नगरपालिकाका मेयर देवकोटाले युवाको यस कार्यको खुलेर प्रशंसा गरेका थिए । यस कार्यबाट आफू खुसी भएको भन्दै नगरभित्र शौचालय बनाउन नसक्ने समुदायलाई नगपालिकाबाट पर्याप्त सहयोग गरिने बताए ।

 

साथै उनले चाँडै सबैको घरमा शौचालय बन्ने र कसैले पनि शौचालय नभएकै कारण पढ्नबाट वञ्चित हुनुनपर्ने बताए । पवित्राको बुवा सत्यजित ब्लोनले सहयोगी हातहरुलाई धन्यवाद दिए । 

प्रतिक्रिया दिनुहोस्