आफूलाई मोटी भनेपछि कैंचीले हानेर मारिन् प्रेमीलाई (भिडियो सहित)



एजेन्सी : चीनमा एक युवतीका प्रेमीले उनलाई मोटी भनेपछि उनले प्रेमीलाई कैंचीले घोचेर मारेकी छन्। प्रेमीले युवतीलाई तिमी असाध्यै मोटी छ्यौ भन्दै आइसक्रीम किन्न दिएका थिएनन्। त्यसपछि रिसाएकी प्रेमिकाले प्रेमीलाई कैंची हानेको एक प्रत्यक्षदर्शीले बताए। 

युवतीलाई प्रहरीले पक्राउ गरेको छ। घटना बुधवार चीनको हेनान प्रान्तको झुमादियान शहरमा भएको हो। वाङ थर भएकी युवतीले झाङ थर भएका प्रेमीलाई फेङगुआङ रोडमा कैंची प्रहार गरेकी हुन्। उनीहरूले शपिङ गरिरहेको बेला घटना भएको प्रहरीले वीबोमा बयान जारी गर्दै भन्यो।

झाङको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। उनी २० दिनअघि मात्र प्रेमी प्रेमिका बनेको चिनियाँ सञ्चारमाध्यम जेएस्टीभीले जनाएको छ। प्रेमीले मोटी भनेपछि फन्केकी वाङले पसलमा गएर कैंची किनेकी थिइन् अनि झाङलाई हिर्काएकी थिइन्। झुमादियान प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्