पूर्वलडाकुलाई सैनिक अदालतले गरेको कारबाहीप्रति देव गुरुङको असन्तुष्टि



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन शाही नेपाली सेनाबाट भागेर माओवादी सेनामा प्रवेश गरेकालाई सैनिक अदालतले गरेको कारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।

आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले गोरखा आरुघाट–९ का शक्ति गुरुङ (विक्रम) लाई हालै सैनिक अदालतले सुनाएको जेल सजायप्रति विरोध जनाएका हुन् । गत साउन १२ गते सैनिक अदालतले सेनाबाट भागेको १३ वर्षपछि गोरखाका गुरुङलाई १० बर्षको जेल सजाय सुनाएको थियो ।

सैनिक ऐन २०६३ को दफा ३८ देखि ६५ सम्म कसुरसम्बन्धी ब्यवस्था छ । यही व्यवस्थाअनुसार सैन्य अदालतले शाही सेनाबाट विद्रोह गरी माओवादीको जनमुक्ति सेनामा प्रवेश गरेकालाई सजाय सुनाएको हो ।

तर, १२ बुँदे सम्झौता संविधानको अंग बनेको र संविधानको धारा ३०४ मा संविधानसँग बाझिएका कानुनहरु स्वतः निष्क्रिय हुने ब्याख्या गरेको गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्