रवि लामिछानेलाई पक्राउ गर्दा हुलहुज्जत भयो : सांसद गहतराज



काठमाडौं : सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको बिषयले संसदमा प्रवेश पाएको छ । पुडासैनीको आत्महत्यापछि छानविनका लागि टिभी प्रस्तोता रवि लामिछानेलाई पक्राउ गर्दा ’हुलहुज्जत’ गरिएको भन्दै सांसद महेशराज गहतराजले संसद्मा ध्यानाकर्षण गराएका हुन्।

उनले भने, ‘अराजक, गैरकानुनी र  हुलहुज्जत गर्ने काम भइरहेको छ। त्यसको म निन्दा गर्छु र भर्त्सना गर्छु।’ प्रहरीले घटनाको अनुसन्धान गर्ने र अदालतले फैसला गर्ने संवैधानिक र कानुनी प्रावधान रहेको बताउँदै रविका पक्षमा भएको हुलहुज्जत शान्तिसुरक्षा र सुशासन विरुद्ध भएको उनको ठहर छ ।

आफूलाई मन परेको मान्छे सुनपानी छर्केको चोखो हुने मानसिकताले अपराधलाई प्रोत्साहन गर्ने उनको तर्क थियो। कँडेलले प्रश्न गरे, ‘अहिले देखिएको यस्ता क्रियाक्लापले समाजलाई कतातिर लैजाँदैछ?’ यस्तै सांसद यज्ञराज सुनुवारले पनि उक्त प्रकरणमा सत्यतथ्य छानबिन गर्न सरकारलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्