पाँच विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनि प्रस्ताव प्रस्तुत



काठमाडौं :  प्रतिनिधिसभाको बैठकमा आज पाँच विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनि प्रस्ताव प्रस्तुत भएको छ ।  ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’, ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’, ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५’ ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ र ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७५’ समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत भएको हो ।

‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’, ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५’ कृषि तथा पशुपक्षी विकासमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेका थिए ।

त्यसैगरी ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले र ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७५ खानेपानीमन्त्री वीना मगरले प्रस्ताव प्रस्तुत गरेका हुन् । व्यवस्थापिका संसद्को अर्को बैठक भदौ ३ गते मङ्गलबार दिनको १ बजे बस्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्