नयाँ औषधिको ‘इफेक्ट’बारे बुझ्न प्रधानमन्त्री ओली सिंगापुर जाँदै



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली फेरि सिंगापुर जाने भएका छन् । ९ दिन उपचार गराएर गत साउन २७ गते स्वदेश फर्किएका प्रधानमन्त्री ओली यही भदौ ४ र ५ गते दोस्रो पटक ‘फलोअप’का लागि सिंगापुर जाने भएका हुन् । 

तर, आइतबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य र सिंगापुर भ्रमणबारे संसदलाई केही पनि जानकारी गराएनन् ।

स्रोतका अनुसार अघिल्लो साता सिंगापुरमा चलाइएको नयाँ औषधिको ‘इफेक्ट’बारे थप जाँचका लागि सिंगापुन जानु पर्ने भएकोले बताए । १२ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गरेका ओलीले अहिलेसम्म नियमित औषधि खाइरहेका छन् । 

यसबीच नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यवाहक अध्यक्ष बन्नेछन् । हुनत् नेकपाका दुई अध्यक्षमध्ये प्रधानमन्त्री ओली विदेश जाँदा अर्का अध्यक्ष प्रचण्ड स्वतः कार्यवाहक अध्यक्ष बन्ने गरेका छन् । यद्यपी यो साता पनि ओली सिंगापुर गएका बेला प्रचण्ड नै कार्यवाहक अध्यक्ष बन्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्