रिलिजअघि नै ‘साहो’ ले यसरी कमायो ३५० करोड



एजेन्सी : जतिबेला देखि प्रभास र श्रद्धा कपूरको फिल्म ‘साहो’ को घोषणा भएको थियो, त्यतिबेला देखि नै यो फिल्मको चर्चा छ। ट्रेलर रिलिजपछि त फिल्मको अझ बढी चर्चा भइरहेको छ।

फ्यानले यो फिल्मको लामो समयदेखि प्रतीक्षा गरेका छन्। साहोले रिलिज अगावै ३५० करोड भारू कमाइ गरेको छ। सिनेमाले सेटेलाईट राइट बिक्रीबाट यो रकम कमाएको हो। सिनेमा अगस्ट ३० मा रिलिज हुँदैछ।

बाहुबली फ्रान्चाइज रिलिजपछि प्रभासको पहिलो रिलिज भएकाले पनि सिनेमा दर्शकका लागि प्रतिक्षित सिनेमा बनेको छ। हलिउड शैलीको एक्सनले भरिएको सिनेमा करिब ३५० करोड भारूको बजेटमा निर्माण भएको हो।

सिनेमामा प्रभासले श्रद्धा कपुरसँग जोडी बाँधेका छन्। सिनेमा तेलेगु, हिन्दी, तमिल तथा मलयालम गरी ४ भाषामा एकसाथ करिब १० हजार पर्दामा रिलिज हुँदैछ। फिल्ममा प्रभास र श्रद्धाका अलावा निल नितिन मुकेश, चंकी पाण्डे, ज्याकी श्राफ, मन्दिरा बेदी लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्