बाढीपीडितलाई नानाले ५ सय घर बनाइदिने घोषणा गरे



एजेन्सी : यस वर्षको वर्षाले भारतको महाराष्ट्र राज्यमा ठूलो क्षति पुर्याएकोे छ। यसबाट विशेषगरी पश्चिम महाराष्ट्रका जिल्लाहरू प्रभावित बनेका छन्। कयौं मानिसको बस्ने घर तहसनहस भएको छ।

यस्तोमा पीडितहरूका लागि बलिउड अभिनेता नाना पाटेकरले ५ सय घर बनाइदिने घोषणा गरेका छन्। उनले आफ्नै नाममा खोलिएको नाना पाटेकर नामक समाजसेवी संस्थामार्फत बाढीपीडितका लागि घर बनाइदिन लागेका हुन्।

बाढीपीडतहरू सगं भेटने क्रममा उनले यस्तो घोषणा हुन्। शिरोलका बाढीपीडितसमपक्ष उनले भने चिन्ता नलिनुस्। एकपटक तपाईंलाई छत मिलेपछि ठीक हुनेछ। सरकारले हामीलाई केहि रकम दिएको छ। नाम फाउण्डेसनले पैसा जम्मा गर्दै छ।

जे गर्न सकिन्छ हामी गरिरहेका छौं। हामी एकसाथ काम गरिरहेका छौं कयौं मानिसहरू आफै आएर सहयोग गरिरहेका छन। केहि दिन अगाडी बलिउड अभिनेता रितेश देशमुख तथा अभिनेत्रीले बाढीपीडितका लागि मुख्यमन्त्री राहत कोषमा २५ लाख भारू सहयोग हस्तान्तरण गरेका थिए।

शिरोलको आएर यहाँको अवस्था बुझेपछि हामीले ५ सय घर बनाउने फैसला गरेका छौं। सरकारको आफ्नो सिमा छ। त्यसकारण पनि बाढीपीडित नागरिकको पुनःबासका हामीले लागि कोशिस गर्नुपर्छु, नानाले घोषणा गरे।

 

प्रतिक्रिया दिनुहोस्