यस वर्षको मदन पुरस्कार ‘रणहार’ पुस्तकलाई  



काठमाडौं : यस वर्षको मदन पुरस्कार योगेश राजले पाउने भएका छन्। आइतबार बसेको मदन पुरस्कार गुठीको साधारणसभाले  ‘रणहार’ पुस्तकका लागि  योगेश राज पुरस्कार दिइने निर्णय गरेको पत्रकार कुन्द दीक्षितले ट्विट गरेर जानकारी दिएका छन्। 

त्यसैगरी यस वर्षको जगदम्बाश्री पुरस्कार वरिष्ठ साहित्यकार वैरागी काइँलालाई प्रदान गरिने भएको छ। पाँचथरमा १९९६ साउन २५ मा जन्मिएका काइँलाले लिम्बू भाषा, साहित्य र इतिहासमा पनि महत्वपूर्ण योगदान दिएका छन्।

उनका ‘फूल पात पतकर’, ‘बैरागी काइँलाका कविताहरू’, ‘अन्धा मान्छेहरू र हात्ती’ गरी ३ कविता संग्रह र अन्य दर्जनौँ कृतिहरु प्रकाशित छन्। काइँलाले साझा पुरस्कार ९२०३१०, सिद्धिचरण काव्य पुरस्कार ९२०५३० प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्