पथलैया-अमलेखगञ्ज सडकमा यात्रुवाह बस दुर्घटना, २१ जना घाइते



काठमाडौं : पूर्व–पश्चिम सडक खण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । 

आइतबार अपराह्न पथलैया र अमलेखगञ्ज सडकमा बा३ख ४८९३ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको हो ।  

बसमा ४० जना यात्रु सवार थिए । 

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी ।

प्रतिक्रिया दिनुहोस्