विद्युत प्राधिकरणले प्रत्येक कर्मचारीलाई प्रोत्साहन भत्ता दिने



काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले कर्मचारीहरूलाई प्रोत्साहन भत्ता दिने भएको छ। आइतबार ३४ औं वार्षिकोत्सवको अवसरमा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले  प्रोत्साहन भत्ता घोषणा गरेका हुन्।

मन्त्री पुनले कार्यक्रममा प्राधिकरणले पछिल्लो समय गरेको सफलता र कमाएको मुनाफाको पहिलो हकदार कर्मचारी नै भएकाले प्रत्येक कर्मचारीलाई प्रोत्साहन स्वरूप ७ हजार दिने निर्णय गरेको बताए। उनले केही वर्ष देखि रोकिएको महङगी भत्ता पनि यो वर्ष बाढ्ने बताए।

आर्थिक वर्ष २०७५/७६ मा प्राधिकरणले ७ अर्ब २० करोड मुनाफा गरेको थियो। केही वर्ष अघिसम्म ३४ अर्ब घाटामा रहेको प्राधिकरणको नोक्सान पछिल्लो तीन वर्षमा १५ अर्बमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्