शर्लिन चोपडाले भनिन्, ‘मैले सेक्समा पीएचडी गरेको छैन’



एजेन्सी : बलिउड नायिका शर्लिन चोपडा आफ्नो हट अवतारका लागि चर्चित छिन्। आफ्नो बोल्ड फिल्मका कारण शर्लिनले चर्चा बटुलेकी छिन्। हालै नायिकाले फिल्मनिर्माता राम गोपाल वर्माबारे केही अचम्मित गरिदिने खुलासा गरेकी छिन्।

जसमा शर्लिनले राम गोपालको तर्फबाट पाएको एडल्ट फिल्मको प्रस्तावबारे पनि जानकारी दिएकी छिन्। तीन वर्षपछि उनले यसबारे खुलासा गरेकी हुन्। हालै स्पटबोयसँगको एक अन्तरवार्तामा शर्लिनले सन् २०१६ को एउटा घटनाबारे जानकारी दिइन्।

उनका अनुसार उनले त्यतिबेला राम गोपाल वर्मालाई ह्वाट्सएपमार्फत् आफ्नो फोटो पठाउँदै लेखेकी थिइन्, ‘सर, म शर्लिन चोपडा हुँ। यी मेरा फोटो हुन्। यो मेरो वर्क प्रोफाइल हो। के तपाईं अहिले कुन प्रोजेक्टमा काम गरिरहनु भएको छ भन्नेबारे जानकारी दिनसक्नुहुन्छ रु म तपाईंको प्रोजेक्टको सदस्य बन्न पाउँदा खुसी हुनेछु किनभने मलाई तपाईंको रंगिला, सत्या, कम्पनीजस्ता फिल्म असाध्यै मनपर्छन्।’

तब उनका अनुसार राम गोपाल वर्माको तुरुन्त जवाफ आउँछ। उनका अनुसार उनले भनेका थिए, ‘यो मेरो स्क्रिप्ट हो, यसलाई पढ र आफ्नो प्रतिक्रिया देउ।’ उनले स्क्रिप्ट पढ्दा कुनै कथा नभएको बताइन्। शर्लिनका अनुसार उनले सोधिन्, ‘सर, यसमा कुनै कथा छैन। यसमा सेक्सको सीनमात्रै छ। के तपाईं मलाई यसको प्लट बारे जानकारी दिन सक्नुहुन्छ ?’ यसमा उनले भने, ‘यतिमात्रै छ। तिमीलाई जे पठाएको छु, त्यसमा नै सबैकुरा छ।’

त्यसपछि उनले फेरि सोधिन्, ‘सर, यसरी कसरी हुनसक्छ ? एउटा राजा थियो, अर्की रानी थिइन्। राजाले रानीसँग यौनसम्बन्ध स्थापित गरे त्यसपछि समाप्त भयो कहानी।

यस्तो कसरी हुनसक्छ ?’ तब बर्माले जवाफ दिए, ‘यदि तिमी यो गर्न सहज छौ भने मलाई भन। त्यसपछि मात्र हामी काम गर्न सक्छौं।’ त्यसपछि उनको दाबी अनुसार उनले जवाफ दिइन्, ‘होइन सर, म यस्तो गर्न सक्दिनँ किनभने मैले सेक्समा पिएचडी गरेको छैन। मलाई लाग्दैन कि म यो भूमिकाको लागि फिट छु। यदि तपाईंले रंगीला टु जस्ता कुनै फिल्म बनाउनु हुन्छ भने मलाई भन्नुहोला।’ यसमा उनले भने, ‘ठिक छ, जब यस्तो कुनै प्रोजेक्ट आउँछ तब तिमीलाई भन्नेछु।’

यतिमात्र होइन, शर्लिनले वर्मामाथि अश्लील भिडियो पठाएको पनि दाबी गरिन्। उनका अनुसार भिडियो हेरेर उनले वर्मालाई मेसेज गरिन्, ‘सर, यो तपाईंले के पठाएको, किन पठाउनुभएको ? मैले योबाट के सिक्ने ?’ त्यसपछि उनले जवाफ दिए, ‘म तिमीलाई यो भन्न चाहन्थेँ कि सेक्स आधारभूत आवश्यकता हो। जनावर, मानिस सबैलाई यसको आवश्यकता पर्छ, यसबाट सुखभोग गर।’

प्रतिक्रिया दिनुहोस्