नेकपामा वरीयता : खनाल बढुवा, नेपाल घटुवा



काठमाडौं : नेकपाले वरिष्ठ नेता माधव नेपालको वरीयताक्रम घटुवा गरी झलनाथ खनालाई तेस्रो वरीयतामा ल्याएको छ । यसअघि खनालले नेपालभन्दा आफू वरिष्ठ भएको भन्दै वरीयताक्रम सच्चाउन माग गरिरहेका थिए । 

तत्कालीन एमाले र माओवादीको एकताका क्रममा खनालभन्दा नेपालको वरीयताक्रम माथि राखिएको थियो। जुन निर्णयमा खनालले त्यसबेलादेखि नै 'रिजर्भेसनु राख्दै आएका थिए। अब नेकपाको वरीयताक्रममा दुई अध्यक्षपछि खनाल र त्यसपछि नेपाल हुनेछन्। ‘पार्टीभित्र मैले राख्दै आएको कुरा सम्बोधन भएको छ, पार्टीले आफ्नो गल्ती सच्चाएको छ’ खनालले भने। कान्तिपुर दैनिकबाट साभार

प्रतिक्रिया दिनुहोस्