पूर्वयुवराज पारसले प्रहरीमाथि हात उठाएपछि…



काठमाडौं : पूर्व युवराज पारस शाहले त्रिभूवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेका छन् ।

आमा र छोराछोरीलाई थाइल्यान्ड जान लागेका बेला विमानस्थलमा विदाईका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायब निरीक्षक (सई) लाई दुर्व्यवहार गरेका हुन् ।

ती प्रहरी अधिकारीले कार्यालयमा उजुरी नगरेको भनिए पनि सो घटनाबारे महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले समेत जानकारी राखेको छ ।

थाइल्यान्डमा रहेका ज्ञानेन्द्र शाहलाई भेट्न जान लागेका कोमल शाहलाई विदा गर्न पारस पनि विमानस्थल पुगेका थिए ।

आफ्ना छोरा र भान्जालाई दुर्व्यवहार गरेको भन्दै उनले प्रहरीलाई दुर्व्यवहार गरेका थिए । ड्युटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गर्दा सार्वजनिक अपराधको मुद्दा लाग्छ । यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्