नायिका शिल्पालाई पक्राउ नगर्न सर्वोच्चको आदेश



काठमाडौं : अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

आइतबार प्रधानन्यायाधीस चोलेन्द्र शमसेर राणाको एकल इजलासले तत्काल अभिनेत्री पोखरेललाई पक्राउ नगर्न आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतले बहुविवाह मुद्दामा निर्माता छवि ओझा र शिल्पा पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि दुवै फरार छन् ।

पक्राउ पुर्जी जारी भएपछि अभिनेत्री पोखरेलले पाटन उच्च अदालतमा आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी खारेज हुनुपर्ने जिकीर गर्दै निषेधाज्ञा मुद्दा दताए गराएकी थिइन् । आगामी भदौं १५ मा दुई पक्षलाई छलफलका लागि बोलाएको छ । यो खबर आजको नागरिक दैनिकले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्