आगामी तीन दिन मेघगर्जन र चट्याङ्गसहित वर्षा, सतर्क रहन महाशाखाको आग्रह 



काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश स्थानहरुमा सामान्यतया बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । 

सोमबार दैनिकी बुटेलिन जारी गर्दै महाशाखाले हाल देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको जनाएको छ ।

यसैगरी महाशाखाले आगामी २४ घण्टा सतर्कता अपनाउन समेत आग्रह गरेको छ । देशको केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्क रहन महाशाखाले आग्राह गरेको हो ।

देशको पश्चिम तथा मध्य भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

जसले गर्दा चुरे वाट बहने खोलाहरुमा आकस्मिक नदिको बहावमा बृद्दि हुन सक्ने साथै सडक यातायातमा पहिरोरभू(क्षयका कारण अवरोध आउन सक्ने भएकोले ति भू(भागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।

आगामी तीन दिनको मौसम 

भदौ २ गते (सोमबार)

दिउँसो : देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पश्चिम र मध्यका केही स्थानहरु र पूर्वका थोरै स्थानहरुमा मेघमेर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको पश्चिम तथा मध्य भूभागको एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशका अधिकांश स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको मध्य र पश्चिमि भूभागको एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

भदौ ३ गते (मंगलबार)

दिउँसो : देशभर सामान्यतया बदली रही मध्य र पश्चिमी क्षेत्रका केही स्थानहरुमा तथा पूर्वको थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको पश्चिमि तथा मध्य भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यतया बदली रही मध्य र पश्चिमी क्षेत्रका केही स्थानहरुमा तथा पूर्वको थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको पश्चिमी तथा मध्य भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भदौ ४ गते (बुधबार)

दिउँसो : देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको पहाडि भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।  

 

प्रतिक्रिया दिनुहोस्