धादिङमा चट्याङ लागेर एक जनाको मृत्यु



धादिङ : चट्याङ लागेर धादिङमा एक जनाको मृत्यु भएको छ ।

धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका– ३ पोखरा साँधनमा चट्याङ लागेर एक जना वृद्धाको ज्यान गएको छ । 

गंगाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक लिपक अधिकारीका अनुसार पोखरा गाउँ निवासी ६० वर्षीया धनकुमारी गुरुङको साँधनको जंगलमा ज्यान गएको हो । 

गोठालो जानुभएकी गुरुङको गाईवस्तुसहित घर फर्कन लाग्दा चट्याङ लागेर घटनास्थलमा नै ज्यान गएको हो । गाईवस्तुलाई भने केही नभएको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्