भारतीय विदेशमन्त्री डा. जयशंकर नेपाल आउँदै, दुई पक्षीय सम्बन्धको समीक्षा हुने



काठमाडौं : नेपाल भारतको संयुक्त कमिसनको पाँचौं बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्डम जयशंकर नेपाल आउने भएका छन् । 

यही भदौ ४ र ५ गते (अगस्ट २१ र २२) मा हुने बैठकमा सहभागी हुन विदेशमन्त्री डा. जयशंकर बुधबार काठमाडौं आउन लागेका हुन् । 

नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयलका अनुसार बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय टोलीको नेतृत्व विदेशमन्त्री डा. जयशंकरले गर्नेे छन् । 

संयुक्त कमिसनको बैठकले दुई पक्षीय सम्बन्धको समग्र स्थितिको समीक्षा र सहकार्यका क्षेत्रको पहिचान गर्ने बताइएको छ । यसैगरी दुई देशबीच कनेक्टिभिटी, आर्थिक साझेदारी, उद्योग, पारवहन, ऊर्जा, जलस्रोत क्षेत्र, संस्कृति, शिक्षालगायत आपसी हितको विषयमा समेत छलफल हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्