जान्नुहोस् तौल बढाउने सजिलो काइदा



तौल बढी भएकालाई कसरी तौल घटो भन्ने चिन्ता हुन्छ, उत्तिनै कम तौलको कारण पनि पीडितहरु हुन्छन् ।

कम तौल हुनु समस्या पछाडि धेरै कारणहरु छन्, तर पौष्टिक र उच्च क्यालोरीयुक्त खाना खाएर यसलाई ठिक गर्न सकिन्छ । तीव्ररुपमा वजन बढाउनका लागि दैनिक आहारामा प्रोटीन र भिटामिनबाट भरपुर चिजहरु हुनुपर्छ जसले शारीरिक विकासका लाग पर्याप्त पोषण दिन सक्छन् ।

आलु

आलुमा कार्बोहाइड्रेट्सको मात्रा भरपूर हुन्छ, जसले शरीरलाई जरुरी पोषण दिन्छ । यसका साथै यसमा स्टार्च, फाइबर र भिटामिन सी प्रचुर मात्रामा हुन्छ । त्यसैले आलु खानाले वजन छिटो बढ्छ । आलुको बोक्रामा पनि प्रोटिन हुन्छ । त्यसैले यसलाई राम्ररी सफा गरेर बोक्रासहित खानुपर्छ ।

अन्डा

अन्डालाई उच्च प्रोटिनयुक्त आहारा मानिन्छ । एउटा अन्डाको सेवनले शरीरमा लगभग ७० क्यालोरी प्राप्त हुन्छ । अन्डामा अत्यधिक मात्रामा प्रोटिन र मिनरल्स हुन्छ । अन्डाको पहेँलो भागमा फ्याट पनि हुन्छ । त्यसैले अन्डा खाँदा पनि वजन छिट्टै बढ्छ ।

पास्ता

पास्ता उच्च क्यालोरीयुक्त खानेकुरा हो । यसमा कार्बोहाइड्रेट्सको मात्रा पनि पर्याप्त हुन्छ । त्यसैले तौल बढाउने एउटा विकल्प पास्ता पनि हो । पास्तालाई अझै स्वस्थकर बनाउनका लागि यसमा फरक फरक प्रकारका प्रशस्तै तरकारी हाल्न सकिन्छ । रेड सस पास्ताको तुलनामा ह्वाइट सस पास्ता खानाले वजन तीव्ररुपमा बढ्छ ।

दूध

दुधमा क्याल्सियम र अन्य कयौं मिनरल्सहरु हुन्छन् जसले शरीरको विकासमा महत्वपूर्ण भूमिका खेल्छ । तीव्ररुपमा वजन बढाउनका लागि हरेक विहान एक गिलास छाली लागेको दुध पिउनुस । ए गिलास दूधमा १३० देखि १५० क्यालोरी हुन्छ । यसका अलावा वजन बढाउनका लागि बटर पनि खुब खानुपर्छ  ।

बदाम-काजु

यदि छिटो वजन बढाउने मन छ भने काजू, किसमिस, बदाम र ओखरले सघाउनेछन् । यी चिजहरुबाट शरीरलाई उच्च क्यालोरी मिल्छ । यसमा अत्यधिक फाइबर र एन्टिअक्सिडेन्ट्स पनि हुन्छ जसले शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउँछ र विकासमा सहयोग गर्छ ।

प्रतिक्रिया दिनुहोस्