आगलागीमा दुर्इ नेपाली बालबालिकाले भारतमा ज्यान गुमाए 



काठमाडाैं : भारतकाे ब्याङ्लाेरमा बझाङका दुर्इ बालबालिकाले अागलागीमा परी ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा मष्टा गाउँपालिका- ७ साविकको रिलु गाविस १ दय बस्ने देवीन्द्र जेठाराको दुर्इ छाेराछाेरी रहेका छन् । 

 

देवीन्द्र बस्दै अाएकाे काेठमा अचानक अागलागि हुँदा उनका ५ वर्षिय छोरा सर्जन जेठारा र दुई वर्षिया छोरी लक्ष्मी जेठाराको मृत्यु भएकाे उनका अाफन्त कमल जाेशीले बताए । 

 

राेजगारीको सिलसिलामा भारतको ब्यङ्लोर हुस्सा रोड बसापुरमा बस्दै आएका देवीन्द जेठारा बस्ने काेठामा घरमा आईतबार बिहान  ११ बजे घरमा आगलागी बताइएकाे छ । 

प्रतिक्रिया दिनुहोस्