पाकिस्तानी सेनाको गोली प्रहारबाट गोरखा सैनिकको मृत्यु



नयाँदिल्ली : जम्मुक–कश्मीरको राजौरीस्थित पाकिस्तानी सेनाको गोली प्रहारबाट एकजना नेपाली मूलका भारतीय सेनाको मृत्यु भएको छ ।

शनिबार बिहानको घटनामा भारतीय गोरखा सैनिकका लेस नायक सन्दीप थापाको मृत्यु भएको बताइएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार मृतक थापा देहरादुनका हुन् । जवाफी फायरिङ स्वरुप भारतीय सेनाले पाकिस्तानी सेनाको क्याम्प ध्वस्त बनाएको पनि बताइएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट साभार 

प्रतिक्रिया दिनुहोस्