वर्षासँगै आएको भेलले बगाउँदा बाटोमा हिँडिरहेकी बालिकाको मृत्यु



बागलुङ : अविरल वर्षासँगै आएको भेलले बगाउँदा आइतबार साँझ एक बालिकाको मृत्यु भएको छ । 

बागलुङको बडिगाड गाउँपालिका-७ थाम्काकी बुद्धिबहादुर परियारकी आठ वर्षीया छोरी शर्मिला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

विद्यालयबाट अध्ययन गरी फर्कने क्रममा शर्मिलालाई भेलले बगाएको स्थानीयले बताएका छन् ।

कक्षा २ मा अध्ययनरत छात्रा डाँफेपातल आधारभूत विद्यालयबाट फर्कने क्रममा मोटरबाटोमा हिँडिरहेकी उनलाई ठूलो पानी परेसँगै सडक किनारमा आएको भेलले बगाएर झण्डै ५०० मिटर तल पु¥याएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्