भारतीय मन्त्री जितेन्द्र सिंहले भने, ‘अब पाकिस्तानको कब्जामा रहेको कश्मीरलाई भारतमा गाभ्नुपर्छ’



काठमाडौं : भारत सरकारले अब पाकिस्तानको कब्जामा गरेको कश्मीर (पीओके) लाई भारतमा गाभ्नुपर्ने पालो आएको बताएको छ । 

केन्द्रीय नरेन्द्र मोदी सरकारका मन्त्री जितेन्द्र सिंहले भनेका छन्, ‘भारतले आफ्नो संविधानको धारा ३७० निलम्बन गरेर जम्मु–कश्मीरको विशेषाधिकार खारेज गरेपछि अब पालो पाकिस्तानको कब्जामा रहेको कश्मीर (पीओके)लाई भारतमा गाभ्नु पर्ने बताए ।’

जितेन्द्र सिंहले भने, ‘यो ऐतिहासिक कदमपछि अब हामीले पीओकेलाई पाकिस्तानको अवैध कब्जाबाट मुक्त गर्न र संसदमा १९९४ मे सर्वसम्मितबाट पारित प्रस्ताव अनुरुप देशका अभिन्न अंग बनाउने सकारात्मक सोचका साथ अगाडि बढ्ने छौं ।’

पीओकेलाई भारतको हिस्सा बनाएपनि मानिसहरु निर्धक्क मुजफ्फराबाद जान सक्ने उनले भने । ‘म भगवानसँग प्राथना गर्छु कि पीओके देशको हिस्सा बनोस् र यहाँका मानिस बिना रोकटोक मुजफ्फराबाद (पीओकेको राजधानी) गएको हेर्न सकु ।’

जम्मूमा बीजेपीको तर्फबाट पार्टी मुख्यालयमा जम्मू–मश्मीरको मौजूदा सामाजिक राजनीतिक स्थितिको एक बैठकलाई सम्बोधन गर्दै सिंहले भने, ‘हामी भाग्यमानी छौ कि भने यो (विशेष दर्जा रद्द भएको छ) र यो मेरो जिवनकालमा भएको छ । यो हाम्रो तीन पुस्ताले दिएको बदिलानका कारण सम्भव भएको हो ।’ 

प्रतिक्रिया दिनुहोस्