उदयपुरको तराई क्षेत्रमा डेङ्गुकाे त्रास



गाईघाट : उदयपुर जिल्लाको तराई क्षेत्रका भूभागमा केही दिनदेखि डेङ्गु फैलन थालेको छ ।

केही हप्तायता आएर जिल्लाको पूर्वी क्षेत्रको बेलका चौदण्डीगढी, त्रियुगा नगरपालिकासहित जिल्लाको पश्चिमी क्षेत्रको कटारी क्षेत्रमा समेत डेङ्गु फैलन थालेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार अहिले सबैभन्दा बढी डेङ्गु कटारी क्षेत्रमा फैलन थालेको र त्यसपछि क्रमशः त्रियुगा नगरपालिकाको गाईघाट र चौदण्डीको बेल्टार बसाहा तथा बेलकाको रामपुर ठोक्सिला क्षेत्रमा फैलन थालेको हो ।

डेढ महीना अघि कटारीमा दुईजना र चौदण्डीको बेल्टारस्थित बिपी चोकमा एकजनामा देखा परेको डेङ्गु विस्तारै फैलँदै जान थालेपछि अहिले कटारी, त्रियुगा, चौदण्डी र बेलका क्षेत्रमा गरेर झण्डै डेढ दर्जनमा डेङ्गु रोग फेला परेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रमेश खकुरेलले बताए।

पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग लाग्न थालेपछि बिरामीमा ज्वरो आउने, शरीरमा दादुराजस्ता स–साना फोका देखा पर्ने, लिभर फुलिने, पेटमा पानी जम्ने, गिजाबाट रगत आउने र शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

यसरी डेङ्गुबाट बिरामी परेकामध्ये केहीलाई जिल्लामा नै उपचार भइरहेको र केही बिरामी जिल्ला बाहिर सुनसरीको धरान तथा १ नम्बर प्रदेशको विराटनगरका अस्पतालमा उपचार भइरहेकोसमेत स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

डेङ्गु फैलन थालेपछि यसको जानकारी प्रदेश सरकार र प्रदेश स्वास्थ्य मन्त्रालयमा जानकारी गराइएको र यसको नियन्त्रणको विषयमा समेत छलफल शुरु गरिएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : आफ्नै गोत्रको केटासँग विवाह गरेको भन्दै एक परिवारले एक युवतीको हत्या गरेका छन्

काठमाडौं : सरकारी जग्गा खाली गर्न दिएको १५ दिने अल्टिमेटम सकिएलगत्तै काठमाडौं महानगरपालिका–३१ तीनकुनेस्थित जागृतिनगरमा

काठमाडौं : जति मानिसहरु शिक्षित हुँदै गएका छन् उति नै अशिक्षित भएका छन् । कारण

काठमाडौं : चौथों संस्करणको दिदीबहिनी कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफले हात पारेको

एजेन्सी : अस्ट्रेलियाका ९ वर्षीय बालकले आफ्नो जीवन अन्त्य गर्न चाहेको बताएका छन् । ९

काठमाडौं : एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश

काठमाडौं : नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देशभर देखिएको छ । जल तथा मौसम

काठमाडौं : आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियालाई पराजित गर्दै भारतले विजयी सुरुवात गरेको छ।

दोलखा : शिवरात्रिमा बाटो छेकेर पैसा माग्न बसेका बालकको बसले ठक्कर दिँदा मृत्यु भएको छ

अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको वडा कार्यलयबाट प्रवाह हुने सेवा १८ दिनदेखि बन्द हुँदा

काठमाडौं : महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि

काठमाडौं : नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देशभर देखिएको छ । जल तथा मौसम