राजपाका मन्त्री फाेरम अध्यक्षकाे शरणमा



काठमाडाैं : राजपाले आफ्नो पार्टीबाट प्रदेश २ सरकारमा सहभागी सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई मन्त्री पदबाट फिर्ता बोलाउन प्रदेश २ मुख्यमन्त्रीलाई निर्देशन दिएको छ । 

प्रदेश २ सरकारमा मदरसा शिक्षा विधयेक दर्ता गराएको र सरकारमा बसी चरम भ्रष्टाचार गरेको भन्दै मन्त्री पदबाट साहलाई फिर्ता बोलाउन लागिएको राजपाका एक नेताले बताए । उक्त विधयेक ल्याइएको प्रति अहिले प्रदेश २ सरकारबारे निकै टीकाटिप्पणी हुन थालेको छ । कतिपयले यस विधयेकको खुलेरै विरोध जनाएका छन् । 

 

सप्तरीको बथनाहस्थित फोरम अध्यक्ष यादवका सम्धी शशि यादवको घरमा मन्त्री साह र अध्यक्ष यादवबीच यस विषयलाई लिएर ३ घन्टाभन्दा लामो छलफल भएको स्रोतले बताएको छ । यस छलफललाई राजपा नेताहरुले मन्त्री साह पद बचाउन फाेरम अध्यक्ष यादवकाे शरणमा पुगेकाे बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्