पूर्वपश्चिम राजमार्ग अवरुद्ध, खुल्न अझै समय लाग्ने 



नवलपुर : पूर्वी नवलपरासीस्थित अरुण खोलाको डाइभर्सन बाढीले बगाउँदा पूर्व–पश्चिम राजमार्ग ठप्प भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डमा पर्ने डाइभर्सन बाढीले बगाउँदा आइतबार साँझ साढे  ६ बजेदेखि यातायात अवरुद्ध बनेको बताइएको छ ।  

राजमार्ग खोल्ने प्रयास भइरहेको र वर्षका कारण सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।केहीदिनअघि पुल भाँचिएपछि डाइभर्सन निर्माण गरी सडक सञ्चालन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्