‘अण्डा पार्ने चट्टान’ ले स‌ंसार तिनछक, वैज्ञानिक समेत हैरान



एजेन्सी : कुखुराले अण्डा पारेको भए कुनै समाचार बन्ने कुरा थिएन। तर जब कुनै ढुंगाले अण्डा पार्दछ, त्यो दुनियाँकै अनौठो र प्रमुख समाचार बन्दो रहेछ। छिमेकी मुलक चीनमा एउटा अण्डा पार्ने चट्टान छ । देशको दक्षिण पश्चिमी प्रान्त गिझोउमा रहेको त्यो चट्टानले हरेक ३० वर्षमा अण्डा पार्ने गरेको छ।

२० मिटर अग्लो तथा ६ मिटर चौडा त्यो ढुंगाको नाम चन दन या हो। यसको अर्थ अण्डा पार्ने ढुंगा भन्ने हुन्छ। ढुंगाको रङ कालो रहेको छ। हरेक ३० वर्षमा यो ढुंगाबाट एउटा अण्डा आकारको सानो ढुंगा निस्कने गरेको छ।

यो अण्डा पार्ने ढुंगा चीनमा एउटा रहस्यको रुपमा रहेको छ। स्थानीय मानिसहरु यो अण्डा पार्ने ढुंगालाई खुसीको प्रतिक मान्छन्। यो ढुंगाबाट निस्किएको अण्डा आकारको ढुंगा भुइँमा खसेसँगै मानिसहरुले आफ्नो घरमा लैजान्छन्। वैज्ञानिकहरुका अनुसार यो चट्टान ५० करोड वर्ष पूरानो हो।

पृथ्वीको इतिहासमा क्याम्ब्रियन कालको चट्टान मानिन्छ यसलाई। विषम मौसमका कारण चट्टान खुम्चने र फैलिने कारणले चट्टानको आन्तरिक समिकरण तथा तत्वमा परिवर्तन हुँदा चट्टानको बाहिरी भागमा विभिन्न आकृतिका चट्टान निस्किने गरेको हुनसक्ने वैज्ञानिकहरुको मत छ।

प्रतिक्रिया दिनुहोस्