सुनको मूल्य स्थिर 



काठमाडौँ : सोमबार सुनको भाउ प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । निरन्तर उकालो लागेको सुनको भाउ आज सोमबार भने स्थिर रहेको छ ।  

हप्ताको पहिलो दिन हिजो आइतबार ७१ हजार मा कारोबार भएको सुन आज पनि ७१ हजारमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै तेजावी सुन ७० हजार ७०० मा कारोबार हुँदा चाँदी तोलामा रु ८३० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्